बुगीवुगी बाट चर्चामा आएका रबिन र सृष्टिको पहिलो म्यूजिक भिडियो सार्वजनिक



२१ असोज २०७५, काठमाडौँ

नेपालको चर्चित डान्सिङ रियालिटि शो बुगीवुगी बाट चर्चा कमाएका टप ५ प्रतिस्पर्धी सृष्टि महर्जन र रबिन भुजेल यतिबेला खुब चर्चामा छन् । उनीहरुको डान्स धेरैले मन पराउँछन् । छोटो समयमै यी दुईले आफ्नो डान्सका कारण निकै फ्यान बनाउन सफल भएका थिए ।

हालैमात्र रबिन र सृष्टिको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबु बोगटीको शब्द, संगीत रहेको ‘सुनन मैया’ बोलको गीतमा रोनन सुब्बाको आवाज रहेको छ । उक्त गीतको म्यूजिक भिडियोलाई राहिया महर्जनले कोरियोग्राफी गरो हुन् । उक्त गीत निकै मिठो शैलीमा बनेको छ । त्यसैगरी सृष्टि र रबिनको खुब रोमान्स गीतमा देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्