नेपाली मूलका अमेरिकी नागरिकमाथि बालिका बलात्कारको अभियोग



२१ असोज २०७५, काठमाडौं

बोस्टन, अमेरिका – यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आजको नोपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।

बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।

अदालतबाट हालै जारी सार्वजनिक सूचना ९जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ० का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।

नेपालमा अवैध बसाइ:

नेपालमा अध्यागमन विभागका अनुसार उनी सन् २०१५ मा मात्र वैधानिक रुपमा नेपाल प्रवेश गरेको देखिन्छ । सन् २०१७ मा २ पटक नेपाल गए पनि स्थलमार्गबाट बिनाभिसा गएकाले कुनै अभिलेख देखिएको छैन । जबकि नेपाल जानासाथ एक हप्ताभित्र उनले धोकापूर्ण विवरण दिएर गत डिसेम्बरको पहिलो हप्ता आफूभन्दा २५ वर्ष कान्छी शर्मा थरकी एक महिलासँग मन्दिर गई विवाह गरेका थिए । उनको खोजी हुने र अवैध बसेको पाइए देशनिकाला हुने एक अध्यागमन अधिकारीले बताए । समाचार स्रोतका अनुसार न्युयोर्कस्थित एक वकिलले नेपाल सरकारसमक्ष निज कोइरालाको अध्यागमन र सुपुर्दगी प्रक्रियाका लागि दुवै देशका सरकारी निकायमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्