लगडीगोठ र जोगियाको सम्बन्ध



२० असोज २०७५, सिरहा

भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका २१ लगडीगोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरक फरक देशका नागरिक हुन् । आजको नागरिकमा यो समाचार छापिएको छ ।

एउटा खोलाले छुट्टिएको तर नजिकका गाउँ, समान परिवेश र साझा संस्कृतिका कारण एउटै परिवारका सदस्य झैं मेलजोलका साथ उनीहरु बसेका छन् । उनीहरु एक अर्कालाई सक्दो मदत गर्छन् ।

दसगजापारि जोगियामा यादव समुदायको बाक्लो बसोबास छ । राम, पासवान, मण्डल, साफी समुदाय पनि मिलेर बसेको बस्ती हो, जोगिया । वारि लगाडीगोठतर्फ मण्डल समुदायको सघन वास छ ।

‘पारि आवश्यक पर्दा वारिबाट सहगोयगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट ।’ लगडीगोठका अध्यक्ष सुरेन्द्र मण्डलले भने, ‘वारि विवाह हुँदा पारिका मानिस भोज खान जुट्छन्, पारि हुँदा वारिका ।’ आफूहरुबीच दुई देशका नागरिक हौं भन्ने ख्याल नै नआउने उनले बताए । ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सन्छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्