कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती



२० असोज २०७५, कञ्चनपुर

भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

आजको नेपाल समाचारपत्रमा छापिएको समाचारअनुसार, मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् ।

पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् ।

हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्