स्वास्थ्यकर्मी पनि यौन दुर्व्यवहार आरोपमा पक्राउ



१८ असोज २०७५, काठमाडौं

अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।

इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।

नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

उनलाई पीडित बालिकाले जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्