देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता



१७ असोज २०७५, काठमाडौं

सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो ।

तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाइँदैछ ।

र, यो पनि प्रहरीकै अनुसन्धानको मामिला बनिरहेको छ ।

कास्कीको वीरेठाँटीदेखि मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमिटर यात्रा हुने परियोजनामाथि भएको घोटलाको प्रसंग हो यो ।
शंकरमान डंगोल संस्थापक अध्यक्ष रहेको मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात कीर्ते गरेबापत अध्यक्षसहित दुईजना सञ्चालक निकालिएका छन् ।

तर, न निकालिएका अध्यक्ष यसबारे जानकार छन्, न उनको हस्ताक्षर र निर्णय पुस्तिका कतै छ । तर, कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीले शेयर प्रमाणपत्र हात पारिसकेका छन् । उक्त कम्पनीमा पहिला शंकरमानिसहित योगेन्द्रचनद्र पालिखे, प्रकाशबहादुर सिंह, हरिप्रसाद तम्चा, पुष्पकरमान श्रेष्ठ, दिवाकरकुमार ओझा, रोशन सहनी र तुलसीमान सिंह सञ्चालक थिए ।

तर, रोशन र तुलसीमान विदेशमा रहेको र अध्यक्ष शंकरमानले राजीनामा दिएको भन्दै नक्कली कागजात पेश गरी शेयर विक्रिको प्रमापत्र तयार पारिएको उजुरी परेको छ ।
, आज प्रकाशित जन आस्था साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्