कञ्चनपुर घटनाः सिंगो सरकारमाथि नै प्रश्नचिन्ह



१७ असोज २०७५, काठमाडौं

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र उत्साह सात महिना पुग्दा निराशामा परिणत भएको छ ।

सरकारले नागरिकको आधारभूत आवश्यकतालाई समेत पूरा गर्न सकेको छैन ।

समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ ।

सरकार मूलतः सात महिनाको अवधिमा नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको काम परिणाममा हेर्न चाहेका छन्, तर व्यवहारमा महसुस गर्ने गरी परिवर्तनको आभाष गर्न भने सकेका छैनन् ।

विगतमा राजनीतिक अस्थिरताका कारण काम गर्न नसकेको भन्दै पन्छिने चलन थियो, यस पटक पाँच वर्षको स्पष्ट म्यान्डेटसहित गठन भएको दुई तिहाइ बहुमत सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसक्दा राजनीतिक अस्थिरता केवल बहानाबाजी मात्र भएको देखिएको छ ।

देशभर बलात्कारको घटना बढ्दो क्रममा रहेको छ । कञ्चपुर घटनाले सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

सरकारका मन्त्रीहरु काममा भन्दा पनि भाषण र उद्घाटनमा बढी रमाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश भ्रमणमा जानुभएपछि यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मात्र होइन आफ्नै पार्टीभित्रबाटै चर्को आलोचना सुरु भएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्