कोस्टारिका संसारकै खुसी देश



१६ असोज २०७५, काठमाडौं

प्रधानमन्त्री केपी ओली चारदिने भ्रमणमा पुगेको देश पर्यावरणीय पर्यटनका लागि परिचित छ ।

संसारकै खुसी देशमध्येको कोस्टारिका वातावरणमैत्री र जैविक विविधताले सम्पन्न समेत मानिन्छ । राजधानी सान जोसेतर्फ जानुअघि उनले आपसी सम्बन्ध विस्तार र नेपालको पर्यटन अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताएका थिए ।

राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कको सन् २०१८ को वार्षिक प्रतिवेदनअनुसार विश्वकै खुसी जनतामध्ये कोस्टारिकाका १३ औं स्थानमा पर्छन् । प्रतिवेदनमा स्वस्थकर जीवनयापन, सामाजिक स्वतन्त्रता र समर्थन, भ्रष्टाचार शून्य समाज र प्रतिव्यक्ति आएका आधारमा विश्वकै खुसी देश निर्धारण गरिन्छ ।

‘न्यु इकोनोमिक फाउन्डेसनको हयाप्पी प्लानेट इन्डेक्स’ मा भने कोस्टारिका ३ पटकसम्म विश्वकै खुसी देश निर्धारित भइसकेको छ । कान्तिपुरले काठमाडौं डेटलाइनमा समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्