३० खेलाडीका लागि प्रहरीमा भर्ना, २१ असोजसम्म दरखास्त दिन सकिने



१५ असोज २०७५, काठमाडौं

नेपाल प्रहरीले विभिन्न ११ खेलका लागि ३० खेलाडीको लागि भर्ना खुला गरेको छ । प्रहरीले विभिन्न खेलमा ३० जनाको नाम छनौट गर्ने गरि सोमबार सुचना प्रकाशन गरेका हो ।

मानव श्रोत विकास विभागको सहयोगमा नेपाल प्रहरीले ३० खेलाडीको छनौटका लागि भर्ना खुला गरेको हो । पुरुष तथा महिला फुटबल, क्रिकेट, तक्वान्दो, ब्याडमिन्टन, कबड्डी, एथ्लेटिक्स, जुडो, कराँते, भारोत्तोलन तथा बक्सिङमा भर्ना खुला भएको बताईएको छ ।

जसमा आरक्षणअन्तर्गतमा खुल्ला–१६, प्रहरी परिवार–१, मधेशी–४, जनजाती–४, दलित–२, महिला–२ तथा पिछडिएका क्षेत्रबाट १ को रहेका छन् । दरखास्त आगामी २१ असोजसम्म भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्