एउटा यस्तो विद्यालय जहाँ होमवर्क पनि सहवास नै गर्नुपर्ने, अवश्य पढ्नुहोस् ।



१५ असोज २०७५, काठमाडौं

पछिल्लो केही वर्षयता पश्चिमा यौन विषयलाई समाजले सहज ढंगले लिन थालेका छन् । यसबारेमा सबै जानकार हुनुपर्ने भन्दै आवाज उठ्न थालेका छन् । तर एउटा सुन्दै यस्तो एउटा अचम्मको विद्यालय छ, जहाँ होमवर्क पनि कापी, कलम तथा अन्य सामानहरुको सहाराविना नै गर्न सकिन्छ । किनकी यहाँ सहवास वाहेक केही पनि गर्नु पर्दैन ।

अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो विद्यालय  छ । जहाँ विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सहवास गर्न सिकाइन्छ । यौन क्रियाकलापको बारेमा प्रयोगात्मक रुपमा जान्न चाहनेहरुको लागि विद्यालय नै खुलेको हो । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सहवास सिकाइने दावी गरिएको छ ।

सो विद्यालयमा गृहकार्य समेत सहवास नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ  । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । समाचारपत्रमा खबर छ ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

प्रतिक्रिया दिनुहोस्