अब मलेसियाको बैदेशिक रोजगारीमा निःशुल्क



१५ असोज २०७५, काठमाडौं

अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् ।

नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो ।

दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ ।

दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो ।

श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रित कुमारराज खरेलले जानकारी दिए ।, आजको नयाँ पत्रिकामा यो खबर ।

प्रतिक्रिया दिनुहोस्