काठमाडौंमा हुने उडानमा भारतलाई उछिन्दै चीन



१५ असोज २०७५, काठमाडौं

दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् ।

यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ ।

शनिबारदेखि चाइन साउर्दनले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारीक सहर ग्वानजाव (क्वाङचाउ)–काठमाडौं–ग्वानजाव सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ ।

यसले १ सय १५ सिट क्षमताको न्यारोबडी एयरबसलाई शनिबारदेखि हटाउँदै ४ वटा फस्ट क्लास, २४ बिजनेश क्लास र १ सय ९० इकोनोमी क्लाससहित २ सय १८ सिट क्षमताको एयरबस वाइडबडी ३३० बाट उडान थालेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्