निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



१४ असोज २०७५, काठमाडौं

श्रीकृष्ण मार्ग टोल विकास संस्था र टोखा नगरपालिकाको सयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । टोखा वडा ४ स्थित धापासी मावि स्कूलमा (हिजो) शनिबार सो शिविर सम्पन्न भएको हो ।

स्त्री रोग जटिल विषय बन्दै गरेकोले यसलाई न्यूनिकरण गर्नको लागि सो कार्यक्रम सन्चालन गरिएको श्रीकृष्ण मार्ग टोल विकास संस्थाका अध्यक्ष झविश्वर ढकालले बताएका छन् । ‘धेरै महिलाहरु यस्ता रोगहरुबाट पिडीत छन,’ उनले भने ‘हामी निरन्तर उनीहरुलाई विभिन्न तहबाट उपचार गरी सहयोग गर्न चाहान्छौ,’। उनका अनुसार अधिकांंश महिलाहरुले यस्ता रोगहरु पालेर बसेका छन् । सो शिविरमा ५ सय भन्दा महिलाले सेवा लिन सक्ने अनुमान गरिएको उनले बताए । स्त्री रोगले महिलाहरुलाई सताईरहेकोले प्रत्येक महिनाको एक चोटी अस्पतालमा गई जाँच गर्नुपर्ने टोखा नगरपालिकाका उपमेयर ज्ञानीमाया डंगोलले बताएका छन् ।

‘महिलाले यस्ता रोगहरु लुकाइरहेका छन,’ उनले भनिन ‘श्रीमतीबाट श्रीमान्ले रोग थाहा पाए पनि बाहिर भन्न सक्दैनन ।’ यस्ता रोगहरुमा श्रीमानले पनि सहयोग गरी बेलैमा उपचार गर्नु पर्ने बताईन । यसलाई न्यूनिकरण गर्नको लागि हरेक निकायले महिलाहरुलाई सचेतना जगाउनु पर्नेमा जोड दिईन । सो शिविरमा शिक्षण अस्पतालका दशजना विशेषज्ञ डाक्टहरुबाट सेवा प्रदान गरिएको थियो । औषधीहरु समेत निःशुल्क गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्