‘तिमीले बाटो फेर्यौ अरे-२’ ल्याउँदै दर्पण



१२ असोज २०७५, काठमाडौं

गीतकार तथा मोडल दर्पण राई हाल ‘तिमीले बाटो फेर्यौ अरे-२’ को प्रचारप्रसारमा व्यस्त छन् । ‘तिमीले बाटो फेर्यौ अरे’ को अपार सफलतापछि उनले दोस्रो भाग ‘तिम्ले बाटो फेर्यो अरे-२’ दशैँ अगावै बजारमा ल्याउन लागेका हुन् ।

चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको गीतमा विक्रम राईले दोस्रो भागको गीतमा संगीत भरेका छन् । रिकेश गुरुङ्को ऐरेन्ज रहेको उक्त गीतलाई राजेश स्थले रेकर्डिङ गरेका छन् ।

‘तिमीले बाटो फेर्यौ अरे’ भर्सटायल गायक राजेशपायल राई, मेलिनाको स्वर रहेको थियो । यसपटक पनि ती स्वरमा दर्शकले आनन्द लिन सक्ने गीतकार राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्