
१२ असोज २०७५, काठमाडौं
बोक्सीको आरोपमा महिलामाथि अभद्र व्यवहार भएको समाचार आइरहेका हुन्छन् । महिलाहरु कुनै न कुनै वहानामा हिंसामा परेका छन् भन्ने यथार्थता बोकेको नाटक ‘बोक्सी उद्योग’ कुञ्ज नाटकघरमा असोज ५ देखि प्रदर्शन भइरहेको छ ।

पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित बोक्सी उद्योगलाई ०३३ सालदेखि नाटक खेल्न सुरु गरेका प्रभाकार देव शर्माले निर्देशन गरेका हुन् ।लालटिन नेपालले प्रस्तुत गरेको नाटक आइतबारबाहेक हप्तामा ६ दिन साँझ ५ बजे प्रदर्शन भइरहेको छ । साथै नाटकको शनिबार १बजे अतिरिक्त शो पनि रहेको छ ।

असोज २० गतेसम्म प्रदर्शन हुने नाटकमा टार्जन दाहाल, केसी राजा, प्रलाप राई, नितु पौडेल, पदम घिमिरे, बालानन्द मैनाली, नमस्ते दिवाकर घिमिरे, ऋषिकेश बस्याल, किरण रेग्मी, अल्बिना न्यौपाने, दीपिका थापा, प्रमिशा राई, रोयल राया र विकास शर्माको अभिनय रहेको छ ।





