१० रुपैयाँको लोभ देखाएर श्रीयाको बलात्कार



१२ असोज २०७५, पोखरा

पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हतया भएको छ ।

सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए ।

श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए ।

विस्कुट किन्न भनी ५ रुपैयाँ लिएर पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् ।

रातिसम्म नै स्थानीयले उनको खोजी गरे पनि भेटेनन् ।

मंगलबार विहान कोदीमा नै बरालहरुको कुल मन्दिरको पुर्वी भागको भिरालो जमिनमा उनी मृतावस्थामा फेला परेकी थिइन् ।

बलत्कार गरी हत्या गर्ने पौडेल श्रीयाको श्रीयाको छिमेकी हुन् ।

उनले स्थानीय भट्टीमा रक्सी पिए ।

त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुगे र पिउन थाले ।

त्यहाँबाट उनी चुरोट किन्न पसलतर्फ लागे ।

सोही समयमा श्रीया एक्लै तल झर्दै गरेको उनले देखे ।

पौडेलले बालिकालाइ चकलेछ खाउ भनि पाँच रुपैयाँ दिए ।

मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानीट्याँकी बीचमा पौडेलले श्रीयालाई बोलाएर १० रुपैयाँ दिर्य जर्बजस्ती गर्न खोजे ।

बालिकाले प्रतिकार गर्न खोजेपछि पानीट्याँकीमुनिको झाडीमा फालिदिए ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्