वर्तमान सरकारले नै देश विकासको गति बढाउँदै समृद्धी ल्याउँने नेकपा नेता युवराज कार्कीको दावी



०९ असोज २०७५ काठमाडौं

नेकपा भित्र प्रभावशाली र निष्कलंक नेता हुन्–युवराज कार्की । सबैतिर असफल भएपछि मात्र राजनीतिमा लाग्ने आम नेपाली मानसिकताका भन्दा नितान्त भिन्न छन्, उनी ।

विधार्थीकालमा उत्कृट पढाई छोडेरै पार्टी आज्ञा सिरोपर गर्दै भूमिगत भएका कार्की राजनीतिक लाभको पदबाट टाढा हुँदा समेत पार्टी प्रतिको आफ्नो आस्था र विश्वासलाई कायम राखेका देखिन्छन् ।

आफ्नो विगतवारे कार्की लेख्छन, म पंचायतकालीन समयमा वामपन्थी राजनीतिमा लाग्दा “यो युवराज कार्की कस्तो मुर्ख मान्छे होला, त्यत्रो सम्भावना बोकेको मान्छे, सबै कुरा छाडेर राजतन्त्र फाल्छु भन्दै हिड्यो, यो भुमण्डलमा चन्द्र र सूर्य रहेसम्म कसैले राजतन्त्र फाल्न सक्छ ?” तर आज सम्भब देखियो ।

सरकारका काम कारवाही प्रति पार्टी भित्र र बाहिरबाट निकै नकारात्मक टिकाटिप्पणी भैरहेको बेला आफ्नो विगतको ईतिहास कोट्याउँदै यो सरकार सफल भएरै छोड्ने दावी गर्छन् । उनी लेख्छन, “मैले यस्तो विश्वास जाहेर गर्दा सायद मलाई खिल्ली उडाउने मानिसहरूको पंक्ति पनि देखा पर्न सक्छ । तर म फेरी पनि भन्छु आफ्नो डायरीमा लेखेर राख्नुहोस् मित्रहरु, तपाईंहरूले हेर्दाहेर्दै यही वामपन्थी सरकारको नेतृत्वमा देशको विकासले गति लिनेछ र एकदिन मुलुकले समृद्धि हासिल गरेरै छाड्नेछ ।”

पढ्नुहोस नेता कार्कीको फेसबुक स्टाट्स जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्