इन्द्रको जात्रा : इन्द्रको बोली



०८ असोज २०७५, काठमाडौं

संजय अधिकारी

म देवताहरुको राजा इन्द्र हुँ । यो आदिमपुरी कान्तिपुर नगरीसँग मेरो नाता निकै पुरानो हो । मलाई कुनै दिन यहाँका बासिन्दाले चोर भन्दै बाँधेर नगर परिक्रमा गराएका थिए । जब जव यहाँ इन्द्रजात्रा मनाउने सुरसार कसिन्छ तव तव मलाई त्यो बिगतले आफु तिर फर्काउने गर्छ । अनि आफुलाई मान्छेहरुले पाता कसेर घुमाएको दृश्य आँखामा झलझली आउँछ । कम्ता लाजमर्दो भएको थिएन चोर बनेर सजायँ भोग्नु पर्दा  ।

यो सुन्दा कयौँलाई पत्याउन मुस्किल हुन्छ । देवताको राजालाई जावा मान्छेहरुले कसरी बाँधेर सहर घुमाउन सकेहोलान् र ? तर सत्य यहि हो । अनि अर्को सत्य पनि यहि हो कि मैले साँच्चै यो सहरमा चोरि गरेको थिएँ । कैयौँ युग अघि नै मैले चोरिको साबिति बयान दिईसकेको हुँ । आज फेरि यो लिखितम्को अर्थ कत्तिको छ म बुझ्दिन । तैपनि लेख्दैछु ।

मान्छेहरुलाई अचम्म लाग्ला म पारिजातको फूल चोर्न अमरापुरीबाट कान्तिपुर ओर्लिएको थिएँ । मनुस्यको समयको हिसावमा नअटाउने पलहरु गुज्रिएर गैसके त्यो घटना पछि । यद्यपि ममा त्यत्ति समय बितिसकेको छैन जति मान्छेहरुमा बितेको छ । म अझै उस्तै छु । यहाँ समयको सापेक्षताको सिघद्धनन्तले काम गर्छ । मेरो लोकमा र मान्छेको लोकमा समयको गति अलग अलग छ । पृथ्विकै पश्चिम तिर बस्ते अल्बर्ट आइन्स्टाइन भन्ने मनुस्यले यो कुरा केहि अघि बुझेको थियो । उसले अरु कत्तिलाई बुझायो म जान्दिन । देवताले नजान्ने कुरा पनि छ भनेर सुन्दा आस्तिक मानवहरुलाई अचम्म लाग्ला । तर यस्तो हुन्छ । कयौँ कुराहरु देवताले साँच्चै जान्दैनन् ।

अब त्यसैबेलाको कुरा गरौँ । म किन चोर भएँ भन्ने कुरा । स्वर्गको रचना गर्दा यहाँ अनेकन सुन्दर बँगैचाहरुको पनि रचना गरिएको थियो । अनेक लोकबाट उपल्ला दर्जाका उत्तम फल र पूलका बिरुवाहरु झिकाईएका थिए । झुक्किएर आइपुगेका नराम्रा र स्तर हिन बिरुवाहरु नस्ट पनि गरिएका थिए । खस्रो पातभएको एउटा बिरुवा पनि कताबाटा हो आइपुगेको रहेछ । हुने बिरुवाको चिल्लो पात भन्ने मनुस्यको उक्तिले मलाई पनि प्रभाव पार्याे । त्यो खस्रो पात पक्कै कुनै कमसल बिरुवाकै हुनु पर्छ भन्ने सोचमा मैले बिरुवानै नस्ट गरिदिएँ । पछि थाहा भयो त्यो त मगमग वास्न आउने पारिजात फूलको बिरुवा रहेछ । खस्रो पातमा चिल्लो फूल फूल्छ भन्ने हेक्का मलाई पटक्कै थिएन । जेहेस् मैले त्यो बिरुवा रोपिन । प्रत्येक कोणबाट सुन्दर मेरो उद्धान पारिजात बिहिन भयो ।

केहि काल पछि मेरी आमाले एक धार्मिक अनुस्ठानको आयोजना गरिन् । अनुस्ठानमा पारिजातको फूल चाहिन्छ भनेर गुरु बृहस्पतिले माग पेस गरे । त्यहि माग आमाले मतिर पन्छाइन् । मलाई धिक्कार लाग्यो । त्यत्रो नाम भएको इन्द्रको बँगैचामा पारिजात फूल्दैनथ्यो । तर जसरि भए पनि मैले तत्काललाई पारिजात फूल लिएर आउनु पर्ने भयो ।

म कान्तिपुर नगरि ओर्लिए, एक साधारण मनुस्यको रुप धारण गरेर । बिहानिको सान्त कान्तिपुर भर्खरै निन्द्राबाट ब्यूँझेको थियो । सहरको चोक र डबलिमा मानिसहरु निस्किसकेका थिएनन् । वागमतिको कन्चन जलराशिमा मैले मुख धोएँ । वर्षात ऋतु भर्खरै सकिएकोले नदिको जल सफा थियो ।

नदिकिनार भन्दा अलिक पर कसैको घर नजिकै पारिजातको बृक्ष फेला पर्याे ।  प्रातकाल भएकोले पारिजातको रुख तल अनगिन्ति स्वेत पुस्पहरु खसेका थिए । सरद ऋतुको वतासमा पारिजातको सुगन्ध थपिँदा वातावरण साह्रैनै मोहक भएको थियो । म लठ्ठिएको थिएँ भूलोकको त्यो साधारण सौन्दर्यमा जुन मेरो अमरापुरिमा थिएन ।

म सरासर त्यो बृक्ष नजिकै पुगेँ र अन्जुलिमा पारिजातको स्वेत पुस्प बटुल्न थालेँ । नजिकैको घरबाट एक जना मानिस बाहिर निस्कियो । उसको पहिरनबाट म बुझ्न सक्थेँ उ एक साधारण किसान हो । मैले वास्ता गरिन ।

अर्काको बारिको फूल नसोधिका किन टिपेको?’ उ जंगियो ।

मैले अझै वास्ता गरिन । मैले आफु एक साधारण मनुस्यको भेषमा छु भन्ने तथ्य बिर्सिएको थिएँ । देवताको राजा भएको अहं चढेर होला बरु मैले त्यो मनुस्य तिर एक अभिमानि दृष्टि घुमाएँ । अनि फेरि पुस्पहरु बटुल्ने कृयालाई निरन्तरता दिएँ ।

छेउछाउका घरहरुबाट पनि केहि मानिसहरु निस्किए । बृक्ष धनिले उनिहरुलाई केहि भन्यो । सबै जना मतिर आए । सबैको मुहारमा क्रोध र आस्चर्य थियो । एउटाले मेरो पाखुरा समात्यो ।

अर्काको बृक्ष चोरि गर्ने । हिँड् राजाकहाँ । हाम्रो नगरमा चोरि गर्न पाइन्न ।’ बृक्ष धनिले निक्कै रिसाएर भन्यो ।

त्यस दिन सम्म कुनै मनुस्यले मेरो त्यसरी अपमान गरेको थिएन । बेलाबेलामा दैँत्यहरुसँग मात्र पराजित मलाई एउटा मान्छेले त्यसरि समातेको देखेर पहिला त खुब क्रोध जाग्यो । तर तुरुन्तै याद आयो कि म त मनुस्यको रुपमा छु । ति मान्छेहरुले राजा इन्द्रलाई होइन एक साधारण चोरलाई समातेका थिए ।

मलाई आपत पर्याे । आफ्नो सच्चा रुपमा फर्किउँ भने मान्छेहरुले के भन्ठान्लान ? भगवान भएर पनि चोरि गर्ने भनेर सके मेरो पुजा गर्ने छाड्लान् । भागौँ भने बेस्कन समाएकाछन् । केहि उपाय देखिन । लुरुलुर तिनिहरुसँगै लागेँ ।

बिहान भरि मलाई राजदरवारको एउटा कुनामा उभ्याएर राखे । मेरा हातहरु डोरिले बाँधिएका थिए । चोर समातिएको छ र राजाबाट चोरलाई सजायँ हुन लागेको छ भनेर सहर भरि झ्यालि पिटाइयो । दरवार बाहिरको चोकमा मान्छेको भिड लाग्यो । मध्यान्ह हुनैलाग्दा मलाई पनि त्यहिँ उपस्थित गराए । एक छिनमा राजा आए राजर्शि पोशाकमा । मलाई आपूm पनि स्वर्गको राजा भएको सत्यले पोल्यो । यो जावो झिनो मसिनो राजाको हातबाट मैले साजायँ भोग्नु पर्ने कुराले छटपटि हुन थाल्यो । जाबो फूल चोरेकोमा पनि किन यत्रो उत्पात गर्नु परेको होला ।

चोकाम उपस्थित सारा जनताले राजाको जयजयकार गरे । राजाले मलाई उनको सामुमा पेश गर्ने आदेश थिए । जसैमा राजाको अगाडी शिर निहुराएर उभिएँ, उनि मलाई हेरेको हेर्यै भए । ति राजा सामान्य र चानचुने रहेनछन् । ति बिलक्षण रहेछन् । मलाईै चिने । उठेर ढागे । राजाले चोरलाई ढोगेको देख्दा जनताहरु अचम्ममा परे । कसैकसैले त राजा बौलायो पनि भने ।

भगवानलाई के त्यस्तो जरुरि परेर मेरो नगरमा फूल चोरि गर्न आउनु पर्याे ?’ राजाले सानो आवाजमा भने । तल चोकमा मान्छेहरु निकै खैलाबैला गर्न लागे ।

मैले आफ्नो ब्यथा बताएँ । त्यस पछि राजाबाट जजतालाई मेरो वास्तबिकता सम्बोधन भयो । मलाई बाँधेर ल्याउने किसानहरुमो मुहारमण्डलमा कुहिरो लाग्यो । ति डरले कालो निलो भए । यद्यपि राजा आत्तिएनन् ।

इश्वरबाट बाध्यतावबस चोरि भयो । हामिबाट अज्ञानबस भूल भयो । तर हाम्रो राज्यमा नियम कानुन त सबैले पालन गर्नै पर्छ । चाहे रैति होस चाहे साक्षात इश्वर । देवताहरुका राजा इन्द्रनै भए पनि आज यहाँ न्यायको पालना हुनेछ । सामान्य चोरले पाउने सजाय आज भगवान इन्द्रलाईै पनि दिईनेछ ।’

राजाको सम्बोधन सुनेर जनताहरु उत्साहित हुँदै थिए । मलाई बाँधेर सहर घुमाउने निर्णण भए पछि राजाले थप केहि बोले ।

चोरकै रुपमा भएपनि भगवान इन्द्र हामीसामु साक्षातहुनु हाम्रो अहोभाग्य हो । सजाय स्वरुप सहर घुमाउने कार्यलाई हामी भगवानको नगर परिक्रमाको रुपमा लिनेछौँ र भव्य रुपमा उत्सब मनाउने छौँ ।’

राजाले भने जस्तै भयो । मलाई सहर घुमाए । तर त्यसको दुइ थरि अर्थ भयो । पहिलो अर्थमा चोरले सजाय पायो । दोश्रो अर्थमा मानवहरुले इन्द्रभगवानको परिक्रमा गराएर उत्सब मनाए ।

साँझ पर्न लाग्दा नगर परिक्रमा सकियो । तर उत्सब सकिएको थिएन । उत्सब त उत्कर्शमा पुग्दै थियो । म उम्कन खोजेँ । रक्सिको नसामा मात्तिएका मानहरुले मलाई अझै छाडेनन् । मैले एउटा बाचा गर्नु पर्याे । वाचा अनुसार हरेक वर्ष त्यसै समय म कान्तिुर नगरि झर्नु पर्ने र त्यस स्वरुप मान्छेहरुले इन्द्रजात्राको नाममा उत्सब मनाउने भए ।

कैयौँ वर्ष स्ममन म बाचाअनुसार इन्द्रजात्राको लागी कान्तिपुर जाने गर्दथेँ । मसँगै स्वर्गका अप्सराहरु र अरु थुप्रै देबि देवताहरु प्नि धर्तिमा उत्रन्थे । समय बित्दै गयो । मान्छेहरु लोभि र पापि बन्दै गए । देबि देवता अनि अप्सराहरुले भूलोकमा आफूलाई असुरक्षित महसुस गर्न थाले । त्यस पछि म प्रतक्ष रुपमा इन्द्रजात्राको दिन कान्तिपुर जान छाडिदिएँ । यद्यपी, मान्छेहरु आज पनि धुमधामले मेरो नाउको जाात्र मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्