
भारतीय मिडियाहरुमा एउटा हल्ला चल्यो, अभिनेत्री इलियाना डिक्रुज गर्भवती भएकी छिन् । मिडियाले डिक्रुजबारे यस्तो खबर भाइरल बनाए । अविवाहित डिक्रुजको कान र आँखासम्म यो खबर पुग्यो ।
इलियानाले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफू गर्भवती नभएको कुरा लेखेकी छिन् । उनले यो तस्बिर एण्ड्रु निबोनले खिचेको जानकारी पनि दिएकी छिन् । निबोन उनका प्रेमी हुन् ।
निबोनसँग विवाहबारे पनि उनले कुनै स्पष्ट जवाफ दिएकी छैनन् । तर, गर्भवती भएको हल्ला चलेपछि भने उनले प्रेमी एण्ड्रु निबोनलाई ‘हबी’ लेखेर कमेन्ट गरेकी थिइन् ।
निबोनलाई ‘हबी’ किन लेखेको भनेर सोधियोएको प्रश्नमा भने उनले ‘के जवाफ दिने भन्नेबारे थाहा छैन’ भनेर टारिदिएकी थिइन् ।
उनले आफ्नो काम र निजी जीन्दगी राम्रोसँग चलिरहेको र आफ्नो जिन्दगीलाई गोप्य नै राख्ने बताएकी छिन् । उनले विवाहका बारेमा पनि केही समयअघि यस्तै किसिमको जवाफ दिएकी थिइन् ।





