गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते



०७ असोज २०७५, बुटवल

शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन ।

कोदोबारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु जस्तै ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो ।

उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ ।

वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते नेपालीलार्इ स्थानीयले उपचारक लागि बुटवल पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्