शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको जग्गा दिने निर्णय



०७ असोज २०७५, काठमाडौं

सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेकोमा प्रहरीले भने असन्तुष्टि जनाएको छ ।

काभ्रेको पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण नहुँदै सरकारले राष्ट्रपति कार्यालयलाई हालको राष्ट्रपति कार्यालयसंगै जोडिएको प्रहरी प्रतिष्ठानको उक्त जग्गा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्