कुन रोगमा कस्तो खानेकुराको सेवन गर्ने? पढ्नैपर्ने जानकारी :–



०५ असोज २०७५, काठमाडौं

रोग जुनसुकै होस् बेवास्ता गर्नु भनेको एक मुर्खता हो । रोग भनेको सानो–ठुलो भन्ने हुदैन, असरमा सानो–ठुलो छुटिन्छ, त भन्नुहोला तर, सानै रोग ठुलो भएपछिको असर झनै गाह्रो हुन्छ । त्यसैले रोगलाई निर्मुल पार्न नसकेनी त्यसलाई केही हदसम्म कम गर्न भने अवश्य सकिन्छ । कुनै पनि रोगबाट पिडित नहुने मान्छे सायदै बिरलै भेट्टाईएला , कुनै न कुनै रोगले मानिसलाई ग्रसित तुल्याईरहेकै हुन्छ । त्यसमा पनि हामी नेपालीहरु त झनै रोगी हन्छौं । विशेषतः हामी नेपालीहरु कुन रोगमा कस्तो खालको खानेकुरा खाने भन्ने जानकारीविना नै खानेकुरा उपभोग गरिरहेका हुन्छौं । आज यहाँ हामीले कुन रोगमा कस्तो खालको खाना सेवन गर्ने भन्ने जानकारी प्रस्तुत गरेका छौं ।

पेट दुखेमा–

बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

आँउ रगत परेमा–

जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोग भएमा–

अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

झाडा पखाला लागेमा–

बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा–

बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ

दमको रोगमा–

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा–

गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीनरचार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार                    हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न–

आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा–

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

त्यसैले रोगलाई पुर्ण रुपमा ठिक बनाउन नसकिए पनि दुखाईमा भने कम पार्न सकिन्छ । बेलैमा होस् पुर्याए स–साना यी यस्ता रोगहरुबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्