राजपाले आज कालो दिनका रुपमा विरोध गर्ने



०३ असोज २०७५,काठमाडौं

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनतापार्टी राजपाले संविधान दिवसलाई भने कालो दिनका रुपमा विरोध गर्ने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै संविधान संशोधनको माग रोखेर चरणवद्ध आन्दोलन गरेको राजपाले तीन तहको निर्वाचनमा भाग लिएर सरकारलाई सर्मथन गर्दा समेत संिवंधानप्रतिको विरोध भने कायमै राखेको हो ।

राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले सरकारलाई समर्थन गरेपनि संविधानमा भने विरोध कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारलाई समर्थन गर्नु भनेको संविधानको समर्थन होइन, संविधान संशोधन गर्नुपर्ने हाम्रो माग यथावत छ ।

हामी तराई मधेशका सबै जिल्लामा विरोध प्रदर्शन र व्ल्याक आउट गर्छाैं । प्रदेश २ मा राजपा र संघीय समाजबादी फोरमको संयुक्त सरकार छ । तर राजपाले भने संविधानको विरोधमा दिउँसो २ बजेपछि विरोध कार्यक्रम राखेको छ ।

यद्यपी संघीय समाजवादी फोरमा भने दिवसलाई लिएर आन्तरिक विवाद देखिएको छ । सरकारमा समेत सामेल पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपन्द्र यादवले दिस मनाउने बताइरहँदा पार्टीका प्रादेशिक कमिटीले भने विरोध गर्नै जनाएको

आजको कान्तिपुर दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्