ईण्डिया र पाकिस्तान एसियाकपको सेमिफाइनलमा



०३ असोज २०७५,काठमाडौं

ईण्डिया र पाकिस्तान युएईमा जारी एसियाकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए अन्तर्गतको खेलमा गएराती हङकङलाई २६ रनले हराउँदै ईण्डियाले अन्तिम चारमा स्थान बनाएको हो । ईण्डियाको जितसँगै पाकिस्तान पनि एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेको छ । यद्यपी समुह बिजेताको टुंगो भने आज हुने खेलले लगाउनेछ । ग्रुप ए को अन्तिम खेलमा आज ईण्डिया र पाकिस्तान आमने सामने हुनेछन् ।

गएराती २ सय ८६ रनको उच्च लक्ष्य पच्छ्याएको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन मात्र बनाउन सक्यो । निजाकात खानले ९२ तथा कप्तान अंशुमान राथले ७३ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । मध्यक्रमले आशातित ब्याटिङ गर्न नसक्दा हङकङ उच्च लक्ष्य भेट्न असमर्थ भएको थियो ।

यसअघि युएईको दुवईस्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ईण्डियाले ७ विकेट गुमाएर २ सय ८५ रनको उच्च स्कोर तयार पारेको थियो । शिखर धवनले १ सय २७ रन बनाएको ईनिङसमा आम्वाती रायडुले ६० रनको योगदान गरे । हङकङबिरुद्ध ईण्डियाका महेन्द्रसिंह धोनी, सारदुल ठाकुर र कुलदिप यादब खातै नखोली पभेलियन फर्किएका थिए ।

ग्रुप बीबाट अफगानिस्तान र बंगलादेशले अन्तिम चारमा स्थान बनाएका छन् । यद्यपी सो समुहको पनि बिजेता र उपबिजेताको टुंगो भने लाग्न सकेको छैन । लगातार दुई हार ब्योहोर्दै हङकङ र श्रीलंका समुहचरणबाटै बाहिरिएका छन् ।

आजको कान्तिपुर दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्