पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा



०३ असोज २०७५,काठमाडौं

लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविधुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ ।
मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

०६८ मा भएको सम्झौताअनुसार सात बर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ बर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न उर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्