एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न



०१ असोज २०७५, लेगोस, नाइजेरिया

गैरआवासीय नेपाली संघ, नाइजेरियाद्वारा नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महाराष्ट्र मण्डल नाइजेरियासंघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा अध्यक्ष जनक बिष्ट,  उपाध्यक्ष बिरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, सचिव अभिषेक सिंह, प्रकाश अर्याल, आस्मा खडका, भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत, भिम थापा लगायत ८३ जनाले रक्तदान गरेका छन् ।

नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी, युगान्डा लगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्