स्वास्थ्यलाई नकारात्मक असर गर्ने यी १० खानेकुरा



 

३१ भदौ २०७५, काठमाडौं

स्वास्थ्यलाई विशुद्ध जीवविज्ञान र चिकित्साशास्त्रको चश्माले मात्र हेर्ने कि यसलाई मूलतः सामाजिक परिप्रेक्ष्यमा बुझ्ने भन्ने विवाद त्यत्ति नयाँ हाईन । दशकौंदेखि चलिरहेको यो विवादको अझै पनि अन्त्य भइसकेको छैन । तर, सामान्यतयाः यसबारे त्यति चर्चा भएको भने सुनिँदैन ।भनिन्छ, स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मात्र नभई मानसिक, शारिरिक तथा सामाजिक रुपमा पनि तन्दुरुस्त हुनु हो , यसमा विशेष भुमिका हामीले दैनिक उपभोग गर्ने गरेका आहाराको रहन्छ । तर, अहिले हामी दैनिक खानेकुरमा यस्तो खानेकुरा प्रयोग गरिहेका हुन्छौं, जसले हाम्रो शरिरमा मानसिक बृद्धि त के शारिरिक रुपमा पनि परिवर्तन ल्याउँदैन, बृद्धि विकासको नाममा यसले पेट भर्ने काम मात्र गरिरहेको हुन्छ ।

यहाँ हामीले त्यस्ता १० खानेकुराको बारेमा चर्चा गर्ने प्रयास गरेका छौं, हेरौं के के पर्दछन् त सो लिस्टमा ?

१, जमाइएको खानेकुराः– कोही मानिसहरु जमाएका खानेकुराहरु बजारबाट किनेर ल्याउने गर्दछन् र घरमा ताताएर खाने गर्दछन् जुन निकै हानिकारक हुने गर्दछ । यसमा क्यान्सर पैदा गर्ने तत्वको मात्रा धेरै हुने गर्दछ ।

२, तारेका खानेकुराः– बजारमा निस्केका बेला तारेको खानेकुरा कम मात्रामा खानुहोस् किनभने यसमा प्रयोग गरिएको तेल निकै अस्वस्थकर हुने गर्दछ ।

३, प्याक गरिएका चिप्सः– यसमा हानिकारक कम्पाउन्ड पाइने गर्दछ, जसले क्यान्सरको खतरा बढाउन सक्छ । यसलाई धेरै नखानुहोस् ।

४, सोडाः– सोडामा धेरै मात्रामा चिनिको प्रयोग गरिएको हुन्छ । यसको सेवनले तपाईंलाई मोटो बनाउँदछ र यो तपाईंको मुटुको लागि पनि निकै घातक हुने गर्दछ ।

५, बर्गरः– धेरै बर्गरमा यस्ता पदार्थ पाइने गर्दछ, जुन तपाईंको शरिरको लागि हानिकारक हुने गर्दछ । यसमा प्रशस्त मात्रामा नुनको प्रयोग गरिएको हुन्छ, भने यसमा प्रयोग गरिने ससले तपाईंको स्वास्थ्यलाई हानि गर्ने गर्दछ ।

६, फ्रेन्च फ्राईः– फ्रेन्च फ्राईमा नुन र तेलको मात्रा धेरै हुने भएकाले तपाईंलाई यसले मोटो बनाउँछ ।

७, माइक्रोवेभ पपकर्नः– यो खानाले तपाईंलाई क्यान्सर हुने गर्दछ, किनभने यसमा घातक नुन र तेल पाइने गर्दछ ।

८, नुनले भरिएको स्न्याक्सः– यस्ता स्न्याक्सले तपाईंलाई मोटो बनाइरहेको हुन्छ र अरु रोगहरुका लागि पनि यो जिम्मेवार हुने गर्दछ ।

९, सेतो चामलः– सेतो चामलबाट टाढै बस्नुहोस् । यसमा निकै धेरै कार्बोहाइड्रेट हुने भएका कारण तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने गर्दछ ।

१०, कृत्रिम स्वादः– यस्ता कृत्रिम स्वादहरु केक, पेष्ट्री अथवा आइसक्रिममा पाइने गर्दछ जसले तपाईंको स्वास्थ्यलाई बिगार्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्