मानव विकास सूचकांकमा नेपाल तल झर्यो



३१ भदौ २०७५, काठमाडौं

अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९ औं स्थानमा छ।

१ सय ८९ मुलुकमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो । मानव विकास सूचकांक ० दशमलब ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलब ५६९ रहेको थियो । यो आधरमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ।

तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ । यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्