राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आज



३० भदौ २०७५,काठमाडौं

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता राजधानीमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगीतामा सातै प्रदेशका २ सय ५० खेलाडी सहभागी भएका छन् ।

रंगशालाको कर्भडहलको तीन एरिनामा जारी प्रतियोगिताको औपचारिक उद्घाटन भने बिहान ११ बजे हुने आयोजक राष्ट्रिय तेक्बान्दो संघ काठमाण्डौ जिल्ला कमिटिले जनाएको छ ।

यद्यपी प्रतियोगीता आजै सकिने भएकाले प्रतिस्पर्धा भने बिहानैबाट सुरु भएको छ । प्रतियोगितामा २० स्वर्ण, २० रजत र ४० कास्यका लागि विभिन्न २ सय २ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यसमिती सचिव रोशन बोहोराले जानकारी दिनुभयो ।

आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्