अष्ट्रेलियामा पहिलोपटक नेपाली विज्ञ सम्मेलन हुँदै



३० भदौ २०७५, अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा ओसिनिया क्षेत्रमा लामो सयमदेखि काम गरि सफलता हासिल गरेका गैरआवासीय नेपाली विज्ञहरुको एकदिने सम्मेलन आज हुँदैछ । सम्मेलनबाट उनीहरुले विदेशमा आर्जन गरेको सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी गरिने सम्मेलनका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका नेपाली विज्ञहरुको सहभागिता रहने अधिकारीले बताउनुभयो । कार्यक्रममा सहभागी हुन नेपालबाट भुमि सुधार मन्त्री पदमा अर्याल अष्ट्रेलिया पुग्नुभएको छ ।

अधिकारीका अनुसार सम्मेलनमा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउनेछन् । सम्मेलनको निष्कर्षलाई आगामी अक्टोबरमा काठमाडौंमा दुई दिनसम्म हुन लागेको एनआरएनएको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनमा प्रस्तुत गर्ने तयारी आयोजकको छ । आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्