बेनी-जोमसोम सडक छियाछिया



३० भदौ २०७५,  म्याग्दी

हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ ।

पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एक साता लाग्ने सडक आयोजनाले जनाएको छ ।

विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँ ठाउँमा भीषण पहिरो गएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरमा खसेको छ । काभ्रेभीरमा बर्सेनी पहिरो जाने गरेको छ ।

त्यसाहेक सडकका ठाउँ ठाउँमा रहेका पुलसम्मको एप्रोच (पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्