अपराध कबुल गराउन यातना



२९ भदौ २०७५,  कञ्चनपुर

‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो ।

अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएका तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, बिनाकारण हिरासतमा राखेर यातनासमेत दियो । अजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रहरीले गरिब र सोझालाई छानी–छानी नियन्त्रणमा लिई चरम यातना दिएर अपराध कबुल गराउन खोजेको पीडित बताउँछन् । डर, धम्की र त्रास देखाएर पटक–पटक बलात्कार र हत्या कबुल गर्न दबाब दिएको उनीहरूको भनाइ छ ।

भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९, बाग्फाँटाका दिलीप विष्टको मानसिक अवस्था पहिले पनि ठीक थिएन । २४ दिनपछि हिरासतमुक्त हुँदा उनको अवस्था झन् बिग्रेको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण उनी घरपरिवारका सदस्य देख्दै डराउन थालेका छन् ।

‘उसको जीवन त खत्तम पारिदियो, त्यसै पनि दिमाग ठीक थिएन, अब त झन् सम्हालिसाध्य छैन,’ बुबा कमलसिंहले भने, ‘डराएर मान्छे नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’ दिलीपलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले दाबी गरेको छ तर कमल भने २ गते नै लगेको बताउँछन्

प्रतिक्रिया दिनुहोस्