अनुष्का १० दिनसम्म साइकलमा



२९ भदौ २०७५, काठमाडौं

बलिउड अभिनेता वरुण धवन यशराज फिल्म्सको आउँदो फिल्म ‘सुइ धागा– मेड इन इन्डिया’मा एक दर्जीको भूमिकामा छन् । भारतको जनजीवनसँग जोडिएको यस फिल्मको प्रचार–प्रसारमा निर्माण टिम लागिपरेको छ ।

फिल्म निर्माण सम्पन्न भए पनि यसको सुटिङ चुनौतीपूर्ण रहेको निर्माणपक्षले जनाएको छ । फिल्मलाई यथार्थ बनाउन जोखिम मोलेको निर्माणपक्षले बताउँदै आएको छ । फिल्मका निर्देशक शरद कटारिया चाहन्थे कि पात्रको भिजुअल अपिल बढाउन मुख्य पात्रहरूले साइक्लिङ गरून् ।

अनुष्काले भनेकी छिन्, ‘मलाई साइकलमा चढेको अनुभव थिएन । म आफ्नो ज्यान जोगाउनका लागि दह्रो गरेर सिट समात्थेँ । पसिनाले रुझाउँथ्यो । हामी दुखाइ र पीडामा थियाैँ । १० दिन साइकलयात्राको सुटिङ गर्दा मेरो ढाड खुबै दुखेको थियो ।’

साइकलयात्राको अनुभवबारे वरुणले भनेका छन्, ‘हामीले गर्मीको सिजनमा सुटिङ गरिरहेका थियौँ । मैले कहिलेकाहीँ त १० घन्टासम्म साइकल चलाउनुपथ्र्यो ।’ आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्