बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती



२८ भदौ २०७५,रौतहट

बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।

पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।

रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए ।

घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी आमाले भनिन्, हामीसित पनि बयान लिने

प्रतिक्रिया दिनुहोस्