एपिएफ र न्यु डायमन्ड फाइनलमा भिड्ने



२७ भदौ २०७५, पोखरा

पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएफ र गत वर्षको उपविजेता न्यु डायमन्ड एकेडेमी भिड्ने भएका छन् ।

मंगलबार सम्पन्न सेमिफाइनलमा एपिएफले विभागीय टोली त्रिभुवन आर्मी र डायमन्डले चितवन टाइगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरे । पहिलो सेमिफाइनल खेलमा डायमन्डले चितवनलाई २५–१७, २५–२३ र २५–१८ तथा दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गरेका हुन् ।

यसअघि भएका लिग चरणका खेलमा डायमन्डले आर्मीलाई २५–१४, २५–१९ र २५–१९ र अर्को खेलमा आर्मीले टप्स माविलाई २५–२१, २५–१९ र २५–१० को सोझो सेटमा पराजित गरेका थिए ।फाइनल तथा तेस्रो स्थानका लागि बुधबार प्रतिस्पर्धा हुनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्