१० करोडको जग्गा बेच्ने मालपोतका चार कर्मचारी पक्राउ



२७ भदौ २०७५, काठमाडौं

धनीलाई थाहै नदिई नक्कली कागजपत्रका आधारमा करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्रीमा संलग्न रहेको अभियोगमा चाबहिल मालपोत कार्यालयका चार कर्मचारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत अधिकृतसहित चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्याल तथा नासुहरू जमुनाकुमारी श्रेष्ठ, रञ्जन खरेल र रघुनाथ तिमल्सिना छन् । उनीहरूकै मिलेमतोमा एक गिरोहले चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठस्थित ४० आना जग्गा गतसाता बिक्री गरेको खबर सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्