जहाँ ६ बजे नै लाग्छ सबैको घरमा ताला !



२७ भदौ २०७५, काठमाडौं

सुन्दा अचम्म लाग्न सक्छ, साँझ ६ बज्न नपाउँदै गाउँ नै सुनसान ! अनि सबै घरमा ताल्चा ।

यति मात्र होईन, घरकै कुनै सदस्य पनि ट बजेपछि घरभित्र पस्न पाउँदैनन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ मा पर्ने तिलगाउँको चलन हो यो ।

चारैतिर हिमालै हिमालले घेरिएको बीचको अनकन्टार बस्ती तिलगाउँमा ६ बजेपछि सुनसान हुने चलन पुस्तौँदेखि चल्दै आएको स्थानीय पेमा तामाङले बताए ।

नजिकै बस्ती नभएका कारण चोरीबाट बच्न र महिला सुरक्षित रहन यस्तो जुक्ति अपनाईएको तामाङले बताए ।

यो गाउँ तीन हजार ७०३ मिटर अग्लो स्थानमा छ ।

धेरैपहिले गाउँमा चोरी हुनुका साथै महिला बलात्कृत भएपछि त्यति बेलाका बुढापाकाले यो उपाय अपनाएको र अहिलेको पुस्ताले पनि त्यसलाई कायमै राखेको उनले बताए ।, आजकोगोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्