कर्मचारीको अभाव छैन : मन्त्री पण्डित



२६ भदौ २०७५, काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा बाहिर आएजस्तो कर्मचारीको अभाव नभएको दावी गनुृभएको छ । खटाएका कर्मचारी सम्बन्धित क्षेत्रमा नखटिए त्यस्ता कर्मचारीलाई कारबाही गर्न खुट्टा नकमाउने मन्त्री पण्डितको भनाई थियो ।

कर्मचारी अभावमा काम गर्न नसकिएको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले असन्तुष्टि जनाइरहेका बेला केन्द्रिय मन्त्री पण्डितले सामान्य समस्यालाई अतिरञ्जीत गरिएको बताउनुभयो । रेडियो कान्तिपुरसँग आज बिहान कुरा गर्दै उहाँले भन्नुभयो ।

प्रदेश र स्थानीय तहमा बन रक्षक, ईन्जिनियर र केही प्राविधिक धारका कर्मचारीको भने अभाव रहेको स्वीकार्दै मन्त्री पण्डितले त्यसको समाधानमा विभिन्न विकल्पको अध्ययन थालेको जानकारी दिनुभयो ।

केन्द्र सरकार, प्रदेश सरकारसंग सम्वन्वयमै रहेको जनाउँदै उहाँले आवश्यकताको पहिचान गरी कर्मचारीको खटनपटन भईरहेको र अबको केही समयमै यसले पुर्णता पाउने जिकिर गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीबीच देखिएको द्वन्दलाई उचित तरिकाले सम्बोधन गर्न मन्त्रालयले तयारी थालेको मन्त्री पण्डितको भनाई थियो ।

आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्