![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2018/09/kamal-khatri.jpg?fit=720%2C479&ssl=1)
२५ भदौ २०७५, काठमाडौं
गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् । उनैले पछिल्लो समय एक गीतको म्युजीक भिडीयो बजारमा ल्याएका छन । उनले स्वर भरेको मिठो गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ ।
निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् । रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ । संजीत श्रेष्ठको छायाँकन , बिकास धमलाको सम्पादन रहेको म्युजीक भिडीयोलाई बजार ब्यबस्थापन भने रन्जना म्युजीकले गरेको हो ।