थापालाई प्रधान सेनापतिको दज्र्यानी चिन्ह



२५ भदौ २०७५, काठमाडौं

नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारी सेनाको परमाधिपति हुनुहुन्छ ।

गौरवमय इतिहास बोकेको नेपाली सेनाको प्रधानसेनापति बन्न सफल हुनु भएका थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।

भदौ ३ गते बसेको मन्त्री परिषदको बैठकले कामु प्रधानसेनापति थापालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको थियो । नवनियुक्त प्रधानसेनापति थापाले सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरी सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

२०१७ भादौ २५ गते लमजुङमा जन्मनु भएका प्रधानसेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो ।,यो खबर आजको नेपाल समाचारपत्रमाा छ ।

प्रतिक्रिया दिनुहोस्