चीनको बन्दरगाह प्रयोग असाधारण खुसीको विषय : प्रधानमन्त्री



२४ भदौ २०७५, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले चीनसँगको प्रोटोकल सहमतिका आधारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउनु नेपालका लागि असाधारण खुसीको विषय भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै ओलीले सो धारणा राखेका हुन् ।

‘नेपाल चीन प्रोटोकल सहमतिमा टुंगिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालले चाहिने जति नाका, चाहिने जति सडक प्रयोग गर्न पाउने भयो । यो हाम्रा लागि असाधारण खुसीको कुरा हो ।’ राजनीतिक अधिकारको लडाइँ सकिएकाले अब विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्