
२३ भदौ २०७५, काठमाडौं
सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेललाई छाड्न आदेश जारी गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले भुजेललाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
भुजेललाई प्रहरीले १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनवाइ गर्दै शुक्रबार सर्वोच्चले भुजेललाई मुख्य रजिस्ट्रारको रोहबरमा छाडी सोको निस्सा मिसिल सामेल राख्न आदेश जारी गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।





