लागु औषधसहित २ जना पक्राउ



२१ भदौ २०७५, धादिङ

पृथ्वीराजमार्गस्थित धादिङको गजुरी बजारबाट लागु औषधसहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिवन्धित लागु औषध लुकाई छिपाई ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले गजुरीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक नवराज ढुंगेलको नेतृत्वमा खटिएको टोलीले धादिङको गजुरी–१ गजुरी बजारबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ का ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका २ का ३३ वर्षीय रमेश गुरुङलाई लेवल उप्काएको अवस्थाको एक सय एमएल को कोरेक्स थान १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसहित पक्राउ गरेको छ ।

उनीहरुको थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्