एसिया कप छनाैट : हङकङ विरूद्ध नेपालले ब्याटिङ राेज्याे



१९ भदौ २०७५, काठमाडौं

मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा हङकङ विरूद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । फाइनल आस कायमै राख्न हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ ।

अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंगापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।

हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालले सु:खद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्