
१८ भदौ २०७५, इटहरी
बिहीवार पोखराबाट आफ्नो नेशनल टुर सुरु गरेको नेपाली चलचित्र ‘रोज’को टिम इटहरी आईपुगेको छ । ‘रोजी’ बाट ‘रोज’ नाम परिर्वतन गरिएको चलचित्रका नयक प्रदिप खड्का, मिरुना मगर, चलचित्रको शिर्ष गितका गायक प्रताप दास इटहरी आएका हुन ।
गोपीकृष्ण टिभीको ब्यानरमा निर्मित क्राइम थ्रिलर र रोमान्टिक फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । पौडेलले यस अघि ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ जस्ता सफल चलचित्र निर्माण गरि सकेका छन् ।
फिल्मले प्रेममा हुने बदला, प्राप्ति, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गरेको छ । अधिकाशं दृष्य काठमाण्डौमा सुटिङ गरिएको छ । एउटा प्रेमीले आफुले माया गर्ने पे्रमिकालाई किन हत्या गर्छ ? यो नै चलचित्रमा देखाईने प्रमुख कुरा रहेको छ ।

यसैबिच चलचित्रको नाम परिर्वतन बारेमा समेत चलचित्रका नायक प्रदिप खड्काले मुख खोलेका छन् । प्रदिपका अनुसार १ दशक अगाडी ललितपुरमा एक प्रेमीले प्रमिकाको हत्या गरेका थिए । प्रेमीबाट मारिएकी किशोरीको नाम समेत रोजी परेकाले चलचित्रको नाम परिर्वतन गरिएको हो । नाम मिलेको भएपनि चलचित्रको कथा भने उक्त घटना जस्तो नमिल्ने प्रदिपले बताए । चलचित्र निर्माणका क्रममा बिवाद भएर नाम परिर्वतन भएपनि कथा भने परिर्वतन नभएको प्रदिपले स्पष्ट पारे ।
चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको सङ्गीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण रहेको छ ।
पछिल्लो समयमा फिल्मको प्रमोशनमा रोड सो लोकप्रीय बन्दै जादा चलचित्र निर्माता र चलचित्र टिमले गर्ने रोड सो मा पुर्वको हव बन्दै गएको इटहरी सबैको रोजाईमा पर्न थालेको छ ।





