लिबिया : ४ सय कैदीहरु जेलबाट भागे



१८ भदौ २०७५, काठमार्डौं

लिबियाको राजधानी त्रिपोलीमा प्रहरी र विद्रोहीबीचको हिंसात्मक संघर्षमाझ  झण्डै ४ सय कैदी बन्दीहरु जेलबाट भागेका छन् । आइनजारा कारागारमा रहेको कैदीहरुले  ढोका फुटाएर प्रहरीमाथि नै आक्रमण गरी भागेको स्थानीय सुरक्षा निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सो कारागारमा राखिएका  अधिकांश कैदीहरु लिबियाका पूर्व नेता मुअम्मर गद्याफीका समर्थक मानिन्छन् । सन् २०११ मा गद्धाफी  सरकार विरुद्ध भएको हिंसामा कयौँ मानिसको ज्यान लिएको आरोप लगाइएको छ ।

त्रिपोलीमा विद्रोही गुटबीच चर्केको हिंसापछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकालको घोषणा गरेको छ । त्रिपोलीमै हिजो भएको एक रकेट आक्रमणमा २ जनाको मृत्यु भएको छ भने  दर्जनौं घाइते भएका छन् । आजको कान्तिपुर दैनिकमा साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्