आफ्नै साथीको बाबुबाट बलात्कृत !



१८ भदौ २०७५, काठमार्डौं

संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् ।

एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहकेछ, उनले भने, हाल उनी फरार छन् ।

किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्