आर्यन र सृष्टि स्टारर चलचित्र बाँध मायाले को ट्रेलर रिलिज



१७ भदौ २०७५,काठमाडौँ

नायिका सृष्टि श्रेष्ठ र आर्यन अधिकार स्टारर चलचित्र बाँध मायाले को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ ।

रामहरि धिताल र बिविसीता श्रेष्ठको संयुक्त रुपमा निर्माण रहेको चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रका छायांकार बाबु श्रेष्ठ हुन् । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रमा सृष्टि र आर्यनका साथ राजाराम पौडेल, रबिन्द्र प्रताप सेन र बिशाल चाम्लिङ लयायतका कलाकारको अभिनय रहेको छ । चलचित्र बाँध मायाले असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्