
१७ भदौ २०७५, काठमाडौँ
नायिका झरना थापा नेपालकी सुपरहिट नायिका मात्र नभएर राम्रो निर्देशक पनि बनिसकेकी छिन् । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ बक्सअफिसमा निकै सफल भएपछि उनी फेरि दोस्रो पटक ए मेरो हजुर ३ बनाउने भएकी छिन् ।
चलचित्र ए मेरो हजुर ३ को पोखरा विन्ध्वासिनी मन्दिरमा शुभमुहर्त गरिएको छ । हाल चलचित्र ए मेरो हजुर ३ का नायक समेत रहेका अनमोल के.सी पोखरामा हुन गइरहेको अनमोल इभका लागि पोखरा पुगेका छन् । सोही अवसरमा पोखरा पुगेको ए मेरो हजुर ३ टिमले चलचित्रको शुभमुहर्त गरेको हो । उक्त शुभमुहर्तमा चलचित्रकी नायिका सुहानी थापा पनि उपस्थित भएकी थिइन् । यहि चलचित्रमार्फत् नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी सुहानी झरनाकी छोरी हुन् ।
चलचित्रका केही छायांकन पोखरामा भैरहेको नायिका तथा निर्देशक झरना थापाले बताएकी छिन् । तर चलचित्रको रेगुलर छायांकन भने असोज ६ बाट गरिने निर्माण टिमले बताएको छ । चलचित्र ए मेरो हजुर ३ चैत्र १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।





