
१७ भदौ २०७५, काठमाडौँ
नायिका बर्षा राउत नेपालकी छोटो समयमा चर्चा कमाउन सफल र चर्चित नायिका हुन् । नाई नभन्नु ल ४ बाट नेपाली फिल्म क्षेत्रमा पाईला टेकेकी बर्षाले जात्रा, छक्का पञ्जा, छक्का पञ्जा २ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । उनले खेलेको नयाँ चलचित्र चौका दाउ को राधा पियारी बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।
श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा शम्भुजित बास्कोटा र कोमल राजभण्डारीको आवाज रहेको छ । गीतमा बर्षासँगै विल्सन विक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, निर्मल शर्मा लगायतका कलाकारलाई फिचरिङ गराईएको छ । उक्त गीत निकै रमाईलो शैलीको रहेको छ ।





